२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने आज अन्तिम दिन, कहाँ–कहाँबाट दिइँदै छ ?

२०८०, ५ आश्विन शुक्रबार ०८:०५

असोज ५, काठमाडौँ | पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि दिइँदै छ । सरकारले भदौ २७ गतेबाट सुरु गरेको यो खोप १४ वर्ष पूरा भइ १५ नकटेका किशोरीलाई दिइएको हो ।

आज कहाँ–कहाँबाट दिइँदै छ खोप ? 

भदौ २७ गतेदेखि सुरु भएको खोप कार्यक्रमको तालिका यसअघि ३१ गतेसम्म भए पनि म्याद थप गरी असोज ५ गतेसम्म दिन लागिएको हो । अन्तिम दिन शुक्रबार (आज) कोसी अस्पताल बिराटनगर, नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति गृह थापाथली, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल वीरेन्द्रनगर र डडेलधुरा अस्पतालबाट दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एचपीभीविरुद्धको खोप, कति प्रभावकारी ? 

एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सर मध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ । 

यो जिवाणुका दुईसय बढी प्रजाति हुन्छन्, तिमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक हुन् । एचपीभीविरुद्धको खोपले यीनै जिवाणुविरुद्ध काम गर्ने र यो खोपको प्रभावकारिता ९५ प्रतिशतभन्दा बढी रहने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् । नेपालमा अहिले दिन लागिएको एचपीभी खोप चीनमा उत्पादित सिकोलिन कम्पनीको उत्पादन हो । 

अरुले कहिले पाउँछन् खोप ? 

एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनु पर्छ । 

एचपीभी खोप सबै प्रदेश र जिल्लाका किशोरीहरूमा पुर्‍याउन सन् २०२४ सम्म थप खोप ल्याइने गरि छलफल अघि बढेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले बताइन् । देशभरका १४ वर्ष उमेरका किशोरीलाई मात्रै दिन १३ लाख ५० हजार डोज खोप आवश्यक पर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना