२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइयो

२०८०, ६ आश्विन शनिबार ०९:३०

असोज ६, काठमाडौँ | काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गरिन् ।

समारोहमा पूर्वराष्ट्रपति भण्डारीले २५५औँ पुण्यतिथि पारेर प्रकाशन गरिएको तुलाराम पाँडेको श्रद्धाञ्जली पुस्तिका विमोचन गरिन् । पाँडेकाजी खलकले तत्कालीन गोर्खा र कान्तिपुर (काठमाडौँ) राज्यको एकीकरणमा उनको भूमिकालाई स्मरण गरेका थिए ।

“विगत केही वर्षदेखि हामीले इन्द्रजात्राका दिन तुलाराम पाँडेलाई सम्झिने गरेका छौँ । उक्त दिन उहाँको तलेजु मन्दिरमा हत्या भएको थियो”, विक्रम पाँडेकाजीले भने, “कालु पाँडेका बारेमा इतिहासमा केही लेखिए पनि उहाँका भाई तुलाराम पाँडेको इतिहास गर्भमा नै विलीन भएको छ ।”

समारोहमा डा.केके पाँडेकाजीले विसं १८२५ को इन्द्र जात्राको दिन भएको तुलाराम पाँडेको देहान्तबारे जानकारी दिँदै भने, “काठमाडौँ जीतलगत्तै मल्लको सिंहासन एकछिन नछोडी बसेका राजा पृथ्वीनारायण शाह आफू नगई सेनापति काजी तुलाराम पाँडेलाई इष्टदेवी तुलजा भगवानको क्षमा आराधना गर्न पठाउनुभयो । तुलारामको तलेजु भवानीको आँखै अगाडि प्राण पखेरु उडाइयो ।”

तत्कालीन गोर्खा राज्यबाट कान्तिपुर राज्यमा महावाणिज्यदूत बनेका तुलाराम पछि गोर्खाका आवासीय राजदूतसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना