२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिंसा पीडित महिलाद्वारा सुरक्षित आवासगृहमै आत्महत्या

२०८०, ७ आश्विन आईतवार ०९:२४

असोज ७, कालिकोट | घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोशेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै आइतबार विहान शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सान्नीत्रिवेणी गाउँपालिका–१ माइतीघर भई दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका ५ कट्टी निवासी दानबहादुर शाहीकी पत्नी जैसी ०७९ भदौ १२ गतेदेखि पति शाहीले घर निकाला गरेपछि आफन्तको आश्रयमा बस्दै आएकी र केही दिनदेखि सोशेकको सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन्  ।

हाल खाँडाचक्रमा व्यापार गर्दै अएका आरोपित शाहीले ०७९ भदौ १२ गते साँझ लट्टीले कुटपिट गर्दा संवेदनशील अङ्गमा गम्भीर चोट लागेको भन्दै घरबाट विस्थापित भई आफन्तको सहयोगमा जिल्ला सदरमुकाम मान्ममा डेरागरी बस्दै आइरहेका थिए  ।

२०७५ सालमा घरमा अर्की पत्नी हुँदाहुँदै  जैसीलाई दोस्रो विवाह गरेका शाहीले कथित बोक्सी लगायतका आरोपमा पटक पटक कुटपिट तथा मानसिक र शारीरिक यातना दिने गरेपछि पीडितले एक नाबालक छोरासहित विस्थापित हुनु परेको बताएका थिए।

विस्थापित अवस्थामा रहेकी पीडित महिलाले भदौ ९ गते आफ्ना पति शाहीले सामाजिक सञ्जाल म्यासेन्जर मार्फत, कथित बोक्सी आरोप लगाउँदै छोरा समेत मारिदिन भनेपछि डेराबाट  राति भागेर नेपालगन्ज पुगेकी थिन् ।

नेपालगञ्जमा प्रहरीले भेटाएपछि कालिकोट पुगेपछि सोशेकको आश्रयमा बसेको बेला थप तनावमा  आत्महत्या गरेको हुनसक्ने उनका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना