२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जब सुतिरहेको ६ महिने बच्चाका औंलाहरू मुसाले खाइदियो …

२०८०, ८ आश्विन सोमबार ०६:२९

असोज ८, काठमाडौँ | बुवा आमा गहिरो निद्रामा सुतिरहेको बेलामा एक ६ महिने शिशुलाई मुसाले आक्रमण गरेर सख्त घाइते बनाएको छ ।

मुसाको आक्रमणबाट शिशु रगतमा लतपतिएको अवस्थामा फेला परेका छन् । उनको टाउको तथा अनुहारमा मात्रै ५० भन्दा बढी गहिरा घाउहरु थिए भने हातका औंलाहरू मुसाले खाइदिएको छ ।

अमेरिकाको इण्डियानामा यो दर्दनाक घटना भएको हो । पुलिसले बच्चाको बुवा डेभिड र आमा एन्जिल स्कोनाबमलाई पक्राउ गरेको छ । साथै उनीहरुसँगै बस्ने काकी पनि पक्राउ परेकी छिन् ।

उनीहरुमाथि लापरबाही गरेको लगायतका विभिन्न मामिलामा मुद्दा दर्ता गरिएको छ ।


ती दम्पतीका तीनवटा बच्चा छन् । उनीहरु अर्को एक परिवारसँगै घरमा बस्ने गरेका छन् । अर्को परिवारका दुई बच्चा छन् ।

घटनास्थलमा प्रहरी पुग्दा मुसाको आक्रमणबाट बच्चा रगतले लतपतिएको र उसको टाउको, अनुहार तथा अन्य भागमा गहिरो घाउहरू भएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार मुसाले बच्चाको दायाँ हातका बुढी औंलासहित पाँचवटै औंला पूरै मुसाले खाइदिएको छ । ती औंलामा मुसाले सबै मासु खाइदिएपछि केवल हड्डी मात्र देखिएको छ ।

बच्चालाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल लैजाने बेलासम्म उसको शरीरको तापक्रम निकै तल झरेको थियो । यद्यपि डाक्टरहरुले उसलाई रगत चढाएर सघन उपचार मार्फत् बचाउन सफल भएका छन् ।

न्युयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार बच्चाको घर मुसाको दिसा तथा फोहोरले भरिएको थियो । पुलिससँगको बयानमा बच्चाका पिताले गत मार्चदेखि नै मुसाले निकै दुःख दिँदै आएको र मुसा नियन्त्रणका लागि विभिन्न उपायहरु समेत अपनाएको बताएका छन् ।

यद्यपि प्रहरी अनुसन्धानका क्रममा उक्त घरमा यसरी मुसाले बच्चालाई खाने घटना यसअघि पनि भएको पत्ता लगाएको छ । तीन हप्ताअघि समेत त्यहीँ घरमा दुईजना बच्चालाई मुसाले टोकेको थियो ।

सो घरका दुई बच्चाले आफ्नो विद्यालयका शिक्षकलाई गत सेप्टेम्बर १ मा सुतिरहेको बेला मुसाले आफ्नो खुट्टाका औँला खाइदिएको बताएका थिए । त्यसपछि बालसेवा विभागका कर्मचारीहरु त्यो घरमा जाँचका लागि आएका थिए । त्यसक्रममा बच्चाकी आमाले आफ्नो घरमा केही मुसा रहेका तर त्यसले बच्चालाई कुनै हानी नपुर्‍याएको बताएकी थिइन् । त्यतिबेला अधिकारीहरुले परिवारलाई मुसाबाट बँच्नका लागि सुरक्षा योजना सुझाएका थिए र पुनः निरीक्षणका लागि आउने बताएका थिए ।

उनीहरु उक्त घरमा गत सेप्टेम्बर १४ मा पुग्ने तालिका थियो । त्यसअघि नै मुसाले एक शिशुलाई निकै गम्भीर ढंगले हमला गरेको छ र बच्चाका चारवटा औंला नै खाइदिएको छ । अहिले सो घरका सबै बच्चाहरु बाल सेवा विभागले जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना