२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल-चीनबीच १२ बुँदे समझदारीमा हस्ताक्षर

२०८०, ८ आश्विन सोमबार ०६:३५

असोज ८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबीच आज चीनको ग्रेटहल अफ दी पिपुलमा भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच  विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदान–प्रदान भएको छ । 


प्रकोपसम्बन्धी सामग्री तथा मानव स्राेत आदान–प्रदानसम्बन्धी दुईवटा समझदारीपत्र आदान–प्रदान भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ सम्बन्धित अधिकारीबीच पत्र आदान–प्रदान भएको हो । सन् २०१७ मा तयार भएको नेपालको उत्तरी क्षेत्रका लागि उत्पादन तथा लिभिङ मेटेरियलको प्रमाणपत्र पनि हस्तान्तरण भएको छ । राजदूत श्रेष्ठले प्रमाणपत्र बुझेका छन् । 

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदान–प्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल इकोनोमीसम्बन्धी सहकार्य अभिवृद्धिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । 

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाली राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ ।

दुई देशका कृषि मन्त्रालयबीच कृषि तथा पशुपछी विकाससम्बन्धी सहयोगबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालबाट तर्फबाट कृषि तथा पशुपछी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । 

यसैगरी, सन् १९८१ मा दुई देशबीच भएको नेपाल–चीन व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौता पुनरावलोकन र परिवर्तनका लागि  गृहकार्य गर्ने संयुक्त प्राविधिक कार्य समूह स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । वाणिज्यसचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । चीनको वाणिज्य मन्त्रालय तथा नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी भएको हो । 

नेपालबाट चिनियाँ औषधिका लागि औषधिजन्य वनस्पतिका सामग्री चीन निकासी गर्न वनस्पतिको औषधीय तत्वको आवश्यकतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । कृषिसचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच प्रोटोकल आदान–प्रदान भएको छ । यससम्बन्धी चीनको भन्सार प्रशासनसम्बन्धी विभाग तथा नेपालको कृषि तथा पशुपछी विकास मन्त्रालयबीच सहकार्य हुनेछ । 

चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन कार्यालय र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच  क्लासिक प्रकाशन तथा अनुवादसम्बन्धी समझदारीपत्र भएको छ । नेपालका तर्फबाट राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । हिल्सा–सिमीकोट सडक परियोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना