२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति पौडेल बसन्तपुरमा

२०८०, ११ आश्विन बिहीबार ११:०८

असोज ११, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राको हेर्न हिँडेर बसन्तपुर पुगेका छन्।  केहीबेरअघि न्युरोडको जुद्धशमशेर शालिकबाट हिँडेर राष्ट्रपति पौडेल बसन्तपुर पुगेका हुन्।  आजको दिन मुख्यरुपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपति हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी,गणेश र भैरवको दर्शन गर्ने परम्परा छ।

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति,सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरपालिका मेयर/उपमेयरगायतका पदाधिकारीहरू हुनमानढोका पुगेका छन्।

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी साधनमा रोक लगाएपछि उनीहरू सबै हिँडेरै बसन्तपुर पुगेका हुन्।  रथयात्रा हेर्न सर्वसाधारणदेखि विदेशी पाहुनाको भीड लागेको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान,रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना