2026-07-24 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

असोज १२,  काठमाडौँ | हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ।

आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार खेलेका थिए।

आजको प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र  साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रहदा  नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्‍यो। 

हङकङको ‍५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको  ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्लेस्टाइनको १ घन्टा ४९.५२७ सेकेन्ड र साउदीको १ घन्टा ३ मिनेट ४५:१०७ सेकेन्डको टाइमिङ रह्यो। 

आजै भएको प्रतिस्पर्धामा समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगे। यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्। नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगे।

अब चार समूहबाट आएका शीर्ष दुई-दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलका दुवै समूहमा चार-चार टिम हुनेछन्। 

चार-चार टिम मध्ये समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा शीर्ष तीन टिमले मेडल पाउनेछन्। 

अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। पर्सी हुने फाइनलमा शीर्ष तीनमा पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक