२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

करेन्ट लागेर बालकको मृत्यु

२०७३, १८ आश्विन मंगलवार १३:१४

असोज १८, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर आज दिउँसो एक बालकको ज्यान गएको छ । 

रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेन्ट लागेको थियो । घरमा बिजुलीको तार खेलाउँदा हातमा करेन्ट लागेको र उनकी आमाले छुटाउन गए पनि नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल पर्वतमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो । 

बालकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मृतकका बाबु रमेश मुखिया सोही ठाउँमा रहेको मनकामना टायर पसलमा कार्यरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर