बिहिबार प्रहरीले ४ किलो सुन बरामद Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिहिबार प्रहरीले ४ किलो सुन बरामद
2026-07-25 04:26 AM
समाज

दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद

असोज १२, काठमाडौँ | दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ । 

बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले बताए । बिहिबार प्रहरीले ४ किलो सुन बरामद गरेको थियो ।

चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको डिएसपी खड्काले जानकारी दिए । केशर बिगु–१ का स्थानीय हुन् । तर, उनी बिगु–३ जामुने स्थित सिता तामाङको घरमा डेरामा बस्दै आएका छन् ।

सुन ओसार पसारमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । सुन प्रकरणमा पक्राउ पर्नेको संख्या छ पुगेको छ ।

यसअघि प्रहरीले बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक