सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको खुलेको छ। 

आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको खुलेको छ। 

आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका"/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पैसा लिएर विदेश नपठाएपछि पेस्तोलबाट गोली प्रहारको प्रयास, असफल भएपछि चक्कु आक्रमण

२०८०, १६ आश्विन मंगलवार ०७:३८

असोज १६, काठमाडौँ | सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको खुलेको छ। 

आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिकिलदेव सहनीले आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारी रहेको प्रहरी समक्ष बयान दिएका छन्। उनले दिएको बयान अनुसार साबिरले वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ लगेका थिए। तर लामो समयसम्म विदेश नपठाएपछि रकम फिर्ता गर्न भन्दा समेत फिर्ता गरेनन्। रकम पनि फिर्ता नगर्ने र विदेश पनि नपठाउने भएपछि त्यसैको बदलामा साबिरमाथि आक्रमण गरेको सिकिलदेवको बयान छ। 

आक्रमण गरेपछि टेम्पोमा चढेर सिकिलदेव फरार भएका थिए। फरार रहेका सिकिलदेव काठमाडौंबाट बाहिरिन लागेको अवस्थामा कलंकीबाट सोमबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताएका छन्। 

सिकिलदेवसँगै अर्का एक युवा पनि सँगै गएर साबिरमाथि आक्रमण गरेका थिए। अर्का युवाको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ। उनी भने अहिलेसम्म फरार छन्।

साबिरमाथि सुरुमा पेस्तोलबाट गोली प्रहारको प्रयास गरिएको थियो। तर गोली प्रहारको प्रयास असफल भएपछि चक्कु आक्रमण गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘पुरानो कटुवा पेस्तोलबाट प्रहार गरे पनि गोली नपड्किएपछि चक्कुमार्फत आक्रमण गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने। प्रहरीले घटनास्थलबाट चक्क, कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली समेत बरामद गरेको छ।

आक्रणबाट घाइते साबिरको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। बाराको कलैया नगरपालिका-२१ घर भई हाल कोटेश्वर बस्दै आएका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना