2026-07-06 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

राजी जातिले भूमि खोसिएकोमा आन्दोलन गर्ने

असोज १९, गुलरिया (बर्दिया) । सबैभन्दा पहिले यहाँको भूमिको उपयोग गरेका राजी जातिले आफ्नो भूमि तथा पुरानो सम्पत्ति खोसिएका कारण आफूहरुले आन्दोलन गर्ने बताएको छ । 

राजी साल्म समाज, सानोश्री, तारातालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजी साल्म समाज, बर्दियाका अध्यक्ष दीपेन्द्र राजीले सरकारी सेवासुविधामा राजी जातिको पहुँच नभएका कारण आन्दोलन गर्ने जानकारी दिए । यसैगरी, तमु ह्युला छाँजधी, बर्दियाका अध्यक्ष मेघबहादुर गुरुङले पनि राजी जाति सानोश्रीको मालिक रहेका बताए । 

बर्दियाको सानोश्रीमा मंगलबार राजी जातिको सरकारी सेवासुविधामाथि पहुँच पुर्याउनुपर्ने मागबारे सो समुदायले ध्यानाकर्षणसमेत गराएको छ । सो अवसरमा बर्दियाको सानोश्रीमा ताराताल नगरपालिका प्रमुख वसन्तकुमार कनौजियाले सरकारी सेवामा राजी जातिको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मंगलबार भएको कार्यक्रमबाट राजी समुदायको नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष जगत तामाङले राजी समुदायको हकअधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो । 

राजी साल्म समाज, सानोश्री, तारातालले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, वडा नागरिक मञ्चका अध्यक्ष, अन्तरपार्टी महिला सञ्जालका पदाधिकारी तथा सञ्चारकर्मीले आफुहरुको मागमा सरकारलाई दबाब दिन राजीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको राजी साल्म समाज, बर्दियाका अध्यक्ष दीपेन्द्र राजीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै