2026-07-24 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार आरोप लागेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुरको बयान- लमीले भेटाएपछि लिभिङ टुगेदरमा थियौं

असोज १८, काठमाडौँ | बलात्कारको आरोपमा पक्राउ परेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुर केसीले जाहेरवालासँग आफू लिभिङ टुगेदरमा रहेको दाबी गरेका छन् ।

सरकारी वकिलसँगको बयानमा केसीले श्रीमतीको मृत्यु भएपछि लमीमार्फत चिनजान भएकी जाहेरवालालाई आफूले कोठा खोजेर थानकोटमा राखेको बताएका छन् । जाहेरवालाले भनेअनुसारको काम नगरेकाले आफूविरुद्ध बलात्कारको आरोप लगाएको केसीको दाबी छ ।

केसीका अनुसार तीन वर्षअघि एक राष्ट्रिय दैनिकमा आफूले बुढेसकालको सहाराका लागि ४०/४५ वर्षको महिला विवाहको चाहिएको छ भनेर विज्ञापन हालेका थिए । त्यसपछि विनोद चन्द नाम गरेका लमीले आफूलाई सम्पर्क गरी जाहेरवालासँग भेटाएको उनको बयान छ ।

श्रीमान्‌को मृत्यु भइसकेकी जाहेरवालासँग सबै कुरा मिलाएर विवाह गर्ने सर्तसहित थानकोटमा आफैँले डेरा खोजेर उनको एक सन्तानको समेत लालनपालन गर्दै आएको केसीको दाबी छ । यता जाहेरवालाले पनि जाहेरीमा चन्दमार्फत केसीसँग भेट भएको र उनैले कोठा खोज्नसम्म सहयोग गरेको उल्लेख गरेकी छिन् । भविष्यमा मन मिलेमा विवाह गर्ने सर्त आफूले राखेको र कोठामा दिउँसोको समयमा कहिलेकहीँ आउने गरेको स्वीकारेकी छिन् ।

बानी व्यहोरा मन परेमा विवाह गर्ने आफ्नो सोच रहेको भएपनि विस्तारै प्रतिवादी मन नपरेकाले आफू उनीसँग विवाह नगर्ने मनस्थितिमा पुगेको उनले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । केसीले शारीरिक र मानसिक यातना दिनुका साथै जबर्जस्ती शारीरिक सम्बन्ध राखेको जाहेरवालाको आरोप छ ।

यता केसीले ६ महिनाअघि जाहेरवाला अन्य व्यक्तिहरूसँग पनि प्रेम सम्बन्धमा रहेको थाहा पाएकाले बारम्बार सम्झाउँदा पनि नमानेको र नमानेपछि आफूले दिएका सबै गरगहना फिर्ता मागेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक