असोज १९, धुन्चे (रसुवा) | पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ ।

सडक खुलाउनका लागि नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, धुन्चे (रसुवा) | पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ ।

सडक खुलाउनका लागि नेप"/>

2026-09-19 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पासाङ ल्हामु राजमार्ग अवरुद्ध

असोज १९, धुन्चे (रसुवा) | पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ ।

सडक खुलाउनका लागि नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायत सुरक्षा निकाय प्रयासरत छन् । पासाङ ल्हामु राजमार्गको अवरोध हटाउन बसेको डोजर अपरेटर नहुँदा गएरातिदेखि अवरुद्ध सडक खुल्न सकेको छैन । रसुवा प्रहरी, कालिकाथान चौकीका प्रहरी इन्चार्जसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी रसुवाले जनाएको छ । 

केरुङको सामान ढुवानी रातिमात्र 

यसैबीच, उत्तरी नाका रसुवागढीबाट रातको समयमा मात्र मालवाहक सवारीसाधन केरुङ जान पाउने भएका छन् । 

रसुवागढी मितेरी पुलदेखि चिनियाँ भूभागको केरुङसम्म बिग्रेका सडक मर्मत एवम् पुनःनिर्माणको कार्य भइरहेका कारण सडक सुधार कार्य सहज बनाउन दिनको समयमा काम गराउने तथा रातको समयमा व्यावसायिक सामान बोक्ने ट्रक कन्टेनर छोडिने व्यवस्था मिलाइएको जानकारी चिनियाँ पक्षबाट आएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताउनुभयो । 

दसैँयता अब मालसामग्री लिने ट्रक कन्टेनर केरुङ जाँदै गरेका सबै मालवाहक सवारीसाधन लगभग तीनसय ५० वटा नेपाल फर्किसकेका छन् । करिब एक सय ५० ट्रक कन्टेनर जाँचपास भई आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र अन्य सवारीसाधनमा ल्याएका सामग्रीको परीक्षण कार्य लामबद्ध रुपमा भइरहेको बताइएको छ । 

चीनबाट आयात भएका सामग्रीमा तामाकोसी, मध्यभोटेकोसीलगायत जलविद्युत् आयोजनाका उपकरण, स्याउ, इलेक्ट्रिक सामान, कम्प्युटर पार्ट, तयारी पोसाक, रोलकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, मोटरका पार्टपुर्जालगायत सामग्री भएको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई