२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धर्मगुरु श्रीनिवासविरुद्ध मुद्दा दर्ता

२०८०, १८ आश्विन बिहीबार ११:०६

असोज १८, जनकपुरधाम | धार्मिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्यविरुद्ध मुद्दा दर्ता भएको छ ।  केही दिन अघि जनकपुरधाममा आयोजित गौ हत्या विरुद्धको विरोध सभामा हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको हो । 


गत मङ्गलवार जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको उनीमाथि आज मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार श्रीनिवासविरुद्ध मुद्दा दर्ता भई थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामै राखिएको छ । 

मङ्गलवार प्रहरीले उनलाई सुनसरीबाट पक्राउ गरी बुधबार जनकपुरधाम ल्याएको थियो ।  असोज १२ गते जनकपुरधाममा आयोजित सभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्ने विरुद्ध उत्तेजक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना