2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कटुवालेको काम अब माइकबाट

असोज १९, रामपुर (पाल्पा) । पहिले गाउँमा हुने घटना, विभिन्न कार्यक्रम तथा गतिबिधिबारे जानकारी दिने कटुवालेको काम अब माइकबाट हुन थालेको छ । कटुवालले सबैले सुन्ने गरी गाउँभरि डाँको हालेर मान्छे बोलाई दिएपछि गाउँका मान्छे सबै समयमा नै जम्मा हुने प्रथा थियो । 

सो गरेबापत कटुवालेलाई वर्षभरिको खेतीबाट गाउँलेले अन्नपात दिने गर्दथे । तर अहिले त्यो प्रथा हराइसकेको छ । त्यसैलाई सम्झाउने गरी पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीमा सूचना सम्प्रेषण गर्न माइक प्रयोग हुने गरेको छ । कुनै बैठक बस्न होस्, नयाँ कुराको जानकारी दिन वा कुनै कार्यक्रम आयोजना गरिँदा त्यस क्षेत्रका जनताले एकैसाथ माइकिङबाट जानकारी पाइरहेका छन् । 

गुल्मी जिल्ला समाज, युकेको रु पाँच लाखको सहयोगका गत माघ महिनादेखि सेवा सुरु गरिएको समाजका सदस्य तारा सुवेदीले जानकारी दिनुभयो । धार्मिक पर्यटनमा टेवा पुर्याउन र सूचनाबाट नागरिक वञ्चित हुन नपरोस् भनेर यस्तो पहल गरी सुरु गरिएको उहाँले बताउनुभयो । 

गुल्मी उद्योग वाणिज्य सङ्घको शाखा कार्यालयभित्र स्टुडियो कक्ष रहेको छ । केही नयाँ कार्यक्रम वा सूचना हुनासाथ स्टुडियोबाट जानकारी गराइन्छ । जुन १० स्थानमा रहेका २० माइकबाट एकसाथ बज्छ । 

स्याङ्जाको चण्डीभञ्ज्याङ, पाल्पाको अर्गली र गुल्मीको रुरुमा सन्देश एकसाथ प्रसारित हुन्छ । माइकिङको प्रभावले आजभोलि स्थानीयवासीले रेडियो कम सुन्न थालेको रिडी बजार व्यवस्थापन समितिका सचिव सुन्दर कसजुले बताउनुभयो । 

हरेक दिन बिहान र साँझ राष्ट्रिय सञ्चारमाध्यम रेडियोका समाचारसमेत प्रसारित हुँदै आएको छ । परिस्थितिअनुसार आपत्कालीन सूचनादेखि सामाजिक कामका सूचना र स्थानीयस्तरमा भएका कार्यक्रम रेडियोमा आउनुपूर्व नै प्रसारित हुने गरेको कसजुले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई