2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पहिलोपटक आइसियु सेवा सुरु

असोज १९, कावासोती | नवलपरासीको कावासोतीस्थित कालीगण्डकी सामुदायिक अस्पतालले जिल्लामै पहिलोपटक सघन उपचार कक्ष (आइसियु) सेवा सुरु गरेको छ । 

नेपालमै निजी क्षेत्रको पहिलो अस्पतालका रुपमा स्थापित कालीगण्डकी अस्पताल समुदायिक अस्पताल भएपछि स्तरोन्नति गर्ने क्रममा आइसियु सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डा गोपाल खनालले जानकारी दिनुभयो । ५१ श्यया रहेको यो अस्पतालले सर्पदंशको उपचार सेवा दिँदै आएको छ । 

सरकारी अस्पताल बाहेकमा सर्पदंशको उपचार कालीगण्डकीले पहिलोपटक सुरु गरेको थियो । सर्पदंशका बिरामीको उपचार, सवारी दुर्घटनाका बिरामी र जटिल प्रकारका बिरामीलाई आइसियु सेवाको अभावमा चितवन र काठमाडौँ पठाउन परेकाले आइसियु सेवा प्रदान गरिएको अध्यक्ष डा खनालले बताउनुभयो । 

नवलपरासीमा बढी सवारी दुर्घटना पर्ने र आइसियु सेवा नहुँदा बीच बाटोमै बिरामीको ज्यान जाने खतरा भएकाले यो सेवाका बिरामीलाई धेरै फाइदा पुग्ने अस्पतालले बिश्वास लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई