२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरजग्गा धितो राखेर पाइने ऋणको सीमा बढ्यो, अब कति पाइन्छ ?

२०८०, १९ आश्विन शुक्रबार ०७:५२

असोज १९, काठमाडौँ | घरजग्गा बैङ्कमा राखेर लिने कर्जा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै जग्गाको मूल्याङ्कनमा पाइने कर्जाको अनुपात वृद्धि गरेको हो ।

रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ४० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुर्‍याइएको छ । यसभन्दा पहिले जग्गाको मूल्याङ्कनको ४० प्रतिशत मात्र कर्जा पाइने गरेको थियो । अब भने मूल्याङ्कनको ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।

निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा मूल्याङ्कनको ६० प्रतिशतसम्म कर्जा प्रवाह हुने छ ।

एकीकृत निर्देशन अनुसार ‘ग’ वर्गका बैङ्कहरूले विदेशी मुद्रा साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयले विदेशी विनिमय सटही इजाजत पत्र लिई विदेशी मुद्रा खरिद गरी राष्ट्र बैङ्क वा वाणिज्य बैङ्कहरूलाई बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको हो ।

राष्ट्र बैङ्कले यसअघि ३० जिल्लामा खोलिएका ‘ग’ वर्गका वित्तीय संस्थाका शाखा कार्यालयलाई विदेशी मुन्द्रा साट्ने अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना