2026-07-05 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ कालिकामा भक्तजनको घुइँचो

बागलुङ, १९ असोज । नवरात्र सुरु भएसँगै यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 

मनोकांक्षा पूरा हुने विश्वासमा पूजाअर्चनाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गर्छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दसैँ अवधिभर लाखौँ भक्तजनले भगवतीको दर्शन र पुजाअर्चनाका लागि मन्दिरमा आउने गर्छन् । 

समितिका अध्यक्ष राजु खड्काले हिजोआज दैनिक करिब २५ हजार भक्तजनले मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन् । घटस्थापनासँगै सुरु भएको दसैँको चौथो दिनसम्ममा भक्तजनले चढाएको भेटीबाट रु चार लाख ९० हजार सङ्कलन भइसकेको छ । देशकै पवित्र धार्मिकस्थलको रुपमा परिचित यस मन्दिरमा बडादसैँ र चेतैदसैँको बेला विशेष मेला लाग्ने गरेको छ । मन्दिरको मुख्य आम्दानी हुने समय पनि यिनै हुन् । 

बडादसैँलाई लक्षित गरी पूजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि विशेष व्यवस्थापन गरिएको छ अध्यक्ष खड्काले भन्नुभयो –मन्दिरको सुरक्षार्थ तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित स्वयम्सेवक र मन्दिर व्यवस्थापनका कर्मचारी अहोरात्र खटिएका छन् । “पूजाअर्चना कार्यलाई सहज बनाउन आवश्यक सबै उपाय अपनाइएको छ” अध्यक्ष खड्काले भन्नुभयो “दसैँको बेला मन्दिरका तीनवटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।” 

सुरक्षा, खानेपानी, शौचालयदेखि अन्य व्यवस्थापकीय काममा पनि कुनै कमी हुन नदिइएको उहाँको भनाइ छ । पाँचसय वर्ष पुरानो यो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीलगायतका देवीको पूजा आराधना गर्ने गरिन्छ । पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी यहाँ आउन थालेका छन् । राजधानी काठमाडौँ, पोखरालगायत विभिन्न ठाउँबाट भगवतीको दर्शनका मन्दिरमा भक्तजन आउने गरेका छन् ।

दसैँ सुरु भएको दिनदेखि नै बिहान ३ बजेदेखि भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । कालिका भगवती मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने तथा मनाकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । “बागलुङ कालिकालाई देशकै प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ” बागलुङका संस्कृतिकर्मी प्राज्ञ प्रेम छोटाले भन्नुभयो “दसैँको नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धुमधाम पूजा गरिन्छ ।” पछिल्लो समय मन्दिरको गरिमा झन बढ्दै गएको उहाँको बुझाइ छ । 

दसैँमा महाअष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोको समेत बलि दिने प्रचलन छ । गत वैशाखदेखि परेवा बलिमा भने रोक लगाइएको छ । कालिका भगवती मन्दिरको समग्र विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै