<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
2026-07-25 04:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दसैंमा घर जाँदै हुनुहुन्छ? यस्तो छ जहाज र गाडीको भाडा

असोज २३, काठमाडौँ | सरकारले दसैंका लागि सोमबारदेखि सार्वजनिक सवारी साधनको टिकट अग्रिम बुकिङ खुलाइसकेको छ। चाडपर्वका लागि हवाइ टिकट पनि बुकिङ धमाधम भइरहेको छ।

छोटो समयमै गन्तव्य पुगिने हुँदा पछिल्लो समय आन्तरिकतर्फ उडानमार्फत् यात्रा गर्नेहरू पनि बढेका छन्। वायुसेवा कम्पनीहरूले यात्रु अकुपेन्सी अनुसार पनि चाडपर्वको मुखमा हवाइ भाडादर दोब्बरले बढाउने गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य बढिरहेसँगै हरेक वर्ष सार्वजनिक सवारी र हवाइको भाडा पनि बढ्ने गरेको छ। 

यातायात व्यवस्था विभागले गत साउन १ गतेबाट लागु हुने गरी छोटो, मध्यम र लामो दूरीका अन्तर प्रदेश रूटहरूमा सार्वजनिक यातायातको भाडादर तोकेको छ। सोही भाडादरअनुसार नै यात्रुले दसैंका लागि टिकट लिन सक्नेछन्।

हाल आन्तरिकतर्फ बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले विभिन्न गन्तव्यमा नियमित उडान गरिरहेका छन्।

यसपालि दसैंमा हवाइमार्फत् यात्रा गर्दा र सार्वजनिक यातायातमार्फत् यात्रा गर्दा कति भाडा लाग्ला? 

यो रिपोर्ट तयार पार्दा (मंगलबार) सम्म हवाइ भाडादरअनुसार काठमाडौं–धनगढी गन्तव्यका लागि सबैभन्दा बढी भाडा रहेको छ। यात्रु अकुपेन्सीकाे आधारमा एयरलाइन्सहरूको यस्तो भाडादर घटबढ भइरहन्छ। 

एयरलाइन्सका अनुसार काठमाडौं–धनगढी भाडादर १३ हजार ५०१ रूपैयाँदेखि १७ हजार १८६ रूपैयाँ रहेको छ।

त्यस्तै, काठमाडौं–सुर्खेत ९ हजारदेखि १४ हजार १६८ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज ६ हजार सात सयदेखि १० हजार एक, काठमाडौं–विराटनगर पाँच हजार सातसय देखि ७ हजार दुई सय, काठमाडौं–भैरहवा पाँच हजार १२९ रूपैयाँदेखि ७ हजार २०१ रहेको छ। 

त्यस्तै, काठमाडौं–भद्रपुर ६ हजार ३६० देखि नौ हजार आठ सय, काठमाडौं–जनकपुर चार हजार एकसय देखि ५ हजार ८८६ र काठमाडौं–पोखरा चार हजार चार सयदेखि चार हजार ६ हजार ७७८ रूपैयाँसम्म रहेको छ।

सार्वजनिक यातायातमा यात्रा गर्नेहरूका लागि यातायात व्यवस्था विभागले भाडादर निर्धारण गरेको छ। 

विभागले पछिल्लो पटक सार्वजनिक गरेको सार्वजनिक यातायातको भाडादरअनुसार साधारण, डिलक्स र सुपर डिलक्सका लागि फरक भाडादर रहेको छ। 

जसअनुसार काठमाडौं–धनगढीको भाडा एक हजार ९४६ देखि दुई हजार ८०३ रुपैयाँ तोकिएको छ।

त्यस्तै काठमाडौं–इलामको भाडा एक हजार ९८६ देखि दुई हजार ८६०, काठमाडौं–जनकपुर एक हजार ८४ देखि एक हजार ५६० रुपैयाँ रहेको छ। 

काठमाडौं–दाङ एक हजार २४६ देखि एक हजार ७९४ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज एक हजार ५१० देखि दुई हजार १७४ रूपैयाँ, काठमाडौं–पोखरा ६ सय ३१ देखि ९ सय ९ रूपैयाँ, काठमाडौं–भैरहवाको ८२६ देखि एक हजार १९० रूपैयाँ रहेको छ। 

काठमाडौं–विराटनगर एक हजार ५३६ देखि दुई हजार २१२ रूपैयाँ, काठमाडौं–भद्रपुर एक हजार ७२५ देखि दुई हजार ४८५, काठमाडौं–महेन्द्रनगर एक हजार ९६२ देखि दुई हजार ८२५ रूपैयाँ रहेको छ।

काठमाडौं–सुर्खेत एक हजार ७८३ देखि दुई हजार ५६८ रहेको छ।

काठमाडौंदेखि गुल्मीको तम्घाससम्मको भाडा एक हजार २३८ देखि एक हजार ७८२ रुपैयाँ तोकिएको छ।

काठमाडौं–खुर्कोट हुँदै भद्रपुरका लागि एक हजार ५६६ देखि दुई हजार २५५ रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली