2026-07-25 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतबाट गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी युवती पक्राउ

असोज २८, कैलाली | गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी एक युवतीलाई प्रहरीले कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ परेको छ। प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका– १, बस्ने २० वर्षीया अनुस्कासिंह ठकुरीलाई नाकाबाट पक्राउ गरेको हो ।

लागुऔषध खैरो हिरोइन ल्याइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ। नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत महिला स्वास्थ्यकर्मीको सहयोगमा योनीमा लुकाएको लागुऔषध निकालिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले पक्राउ परेकी युवती प्रयोगकर्ता हुन् वा कारोबारी हुन् भन्नेबारे अनुसन्धान भइरहेको बताए। खैरो हेरोइन भने भारतबाट ल्याइएको खुलेको उनको भनाइ छ। 

कैलालीको टीकापुर बसपार्कबाट प्रहरीले एक ग्राम लागुऔषध खैरो हेरोइनसहित शुक्रबार एकजनालाई पक्राउ गरेको छ। अछामको साँफेबगर घर भई टीकापुर बस्ने २२ वर्षीय मनोज भुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चेकजाँचका क्रममा उनको साथमा लागुऔषध फेला परेको थियो। भारतसँगको लामो खुला सीमाका कारण कैलाली, कञ्चनपुरमा लागुऔषधको कारोबार हुने गरेको छ। चरेसबाहेक सबैजसो लागुऔषध सीमावर्ती भारतीय बजारहरूबाट लुकिछिपी ल्याउने गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक