2026-07-25 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सावित्रा सुवेदीको अभिव्यक्ति पछि साइबर ब्युरो जाने तयारीमा सन्दीप लामिछाने

कार्तिक १५, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारी गरेका छन्।

काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्।

बिकी अग्रवालको कार्यक्रम ‘आम्मा कसम या दुख्छ’ मा गेस्टका रूपमा बोलाइएकी सावित्रा सुवेदी ‘जयनारी’ ले उनलाई वध गर्नुपर्ने अभिव्यक्ति दिएपछि सन्दीपले कानुनी उपचार खोज्ने तयारी गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

‘अदालतबाट प्रमाणित नभएका विषयमा सार्वजानिक रूपमा कसैलाई जवर्जस्त आरोप लगाएर वध (हत्या) गर्ने अभिव्यक्तिले गम्भीर बनाएको छ। सार्वजनिक रूपमा हत्या गर्नुपर्छ भनेर अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा कानुनी लडाइँको विकल्प हामीसँग छैन’, उनले भने।

कार्यक्रम प्रस्तोता बिकी अग्रवालले सन्दीप र पलको फोटो देखाएपछि सावित्राले सन्दीपमाथि गम्भीर टीप्पणी गर्दै वध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। सन्दीपका वकिल घिमिरेले व्यक्तिको इज्जत प्रतिष्ठालाई कमजाेर बनाउन सुनियोजित तरिकाले दिएको अभिव्यक्ति भएको भन्दै स्वतन्त्र मिडियाको अवधारणामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउने प्रयास गरिएको बताए।

‘मुद्दा अदालतमा विचाराधीन छ, सार्वजानिक रूपमा मुद्दाको अन्तरवस्तुको विषयमा बोल्न अदालतले रोकेको छ। यस्तोमा कुनै सार्वजानिक टेलिभिजनमार्फत उनको हत्या गर्नुपर्ने अभिव्यक्ति आउनु वाक स्वतन्त्रताको चरम दुरुपयोग हो’, उनले भने।

घिमिरेले कार्यक्रम निर्माता, प्रस्तोता तथा बोल्ने गेस्ट विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए।

‘हामीले प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने र संलग्न अन्यहरूको विरुद्धमा मुद्दा दर्ताको तयारी गरेका छौं। एक-दुई दिनमा मुद्दा दर्ता गर्ने छौं’, उनले भने।

उनले गम्भीर विषय भएकाले अदालतमा समेत जान सक्ने बताए।

‘एक सार्वजानिक र लोकप्रिय खेलाडीलाई हत्या गर्ने धम्की दिनु उनको सुरक्षाको समेत प्रश्न हो। देशका लागि मैदानमा डटिरहेको खेलाडीलाई हत्या धम्की दिँदा प्रहरीले उजुरीबिना नै समात्नु पर्ने हो। तर निर्वाध रूपमा यस्ता अभिव्यक्तिले स्थान पाउनु र सुरक्षा निकाय मुकदर्शक बन्नुले समेत उनको सुरक्षा चुनौती थपिएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक