शेयर सदस्यलाई ऋणी नभई मालिक बनाउने योजना लागु गर्न आग्रह

सन्तोषकुमार गुप्ता । देउखुरी २० असोज । सहका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शेयर सदस्यलाई ऋणी नभई मालिक बनाउने योजना लागु गर्न आग्रह

सन्तोषकुमार गुप्ता । देउखुरी २० असोज । सहका"/>

2026-07-04 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको समय बचत सहकारीको छैठौँ साधारण सभा सम्पन्न

2016-10-06

शेयर सदस्यलाई ऋणी नभई मालिक बनाउने योजना लागु गर्न आग्रह

सन्तोषकुमार गुप्ता । देउखुरी २० असोज । सहकारी संस्थाका शेयर सदस्यहरुलाई ऋणी मात्र नभई मालिक बनाउने योजना सहित कार्यक्रम सञ्चालन गर्नु पर्ने आज भालुवाङमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । समय बचत तथा ऋण सहकारी संस्था भालुवाङ पुल्चोकको छैठौँ बार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले सहकारी संस्थालाई सफल र समक्ष बनाउन शेयर सदस्य सक्षम हुनुपर्ने बताएका थिए । जसका लागि संस्थाले उत्पादन, व्यवसायिक र उद्यमशिल बनाउन सिपमूलक तालिम सहित लगानी गर्नु पर्ने बताएका थिए । 


संस्थाका अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा भएको सभामा संस्थाका व्यवस्थापक ढुण्डीराज भट्टराईले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण आचार्यले आर्थिक बर्ष २०७३÷०७३ को १ करोड ९७ लाख ५० हजार १ सय ५९ रुपैयाँ ३० पैसा बराबरको आयव्यय तथा संस्थाले एक बर्षको अवधिमा ५ लाख ३८ हजार ५ सय ३२ रुपैयाँ ५७ पैसा खुद नाफा सहितको आर्थिक प्रतिवेदन तथा लेखा समिती संयोजक चन्द्र पुरीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य रामकृष्ण पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा राप्ती उद्योग बाणिज्य संघका सचिव प्रेमबहादुर केसी, सर्वहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दयाराम चौधरी, शिवगढी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम खनाल, महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सचिव हिमानन्द पाण्डे, जनता उच्च मावि कालाकाटेका प्राचार्य लोकेन्द्र केसी, पत्रकारद्धय महेश रिजाल र सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

सो अवसरमा उत्कृष्ट बचतकर्ता बिनोदकुमार शर्मा, प्रेमबहादुर केसी, उत्कृष्ट ऋणी हनुमान चौधरी, पवित्रा जिसी, उत्कृष्ट शेयर खरिद कर्ता होमप्रसाद शर्मा, कृष्णकुमारी शर्मा, ऋषिराम पौडेल, त्रिभान बुढामगर र गुनाबहादुर पण्डितलाई नगद र प्रमाण—पत्र सहित सम्मान समेत गरेको छ । कार्यक्रमको सञ्चालन संस्थाका संस्थाका लेखापाल प्रताप चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै