२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

२०८०, १९ कार्तिक आईतवार ०२:१२

कार्तिक १९, काठमाडौँ | डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।भने ५ जना घाइते भएका छन् |

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका– ५ कि राधिका मलाल, धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कवीन्द्र बूढा र सोही ठाउँकी ८ वर्षीया प्रार्थना मलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा घाइते मध्ये २१ वर्षीया बिमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

अन्य घाइतेमा हिमाली गाउँपालिका– ५ का प्रकाश थापा, खोम मलाल, दान बूढा र राजु मलाल रहेका छन् । घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो गाडी आज बिहान ३ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक गौमुल गाउँपालिका– ५ काडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना