प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा "/>

५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पहिलो पटक ग्रामिण सडकमा टिकटको व्यवस्था

२१ आश्विन २०७३, शुक्रबार ०२:३३

प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो ।

यसअघि वुधबार बसेको बैठकले तोकिएको भाँडादर विहिबारबाट लागु गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको थियो । तर, राजपुर–वायल–चवरा चौतारा सडकखण्डको स्थिति नाजुक रहेको भन्दै यातायात व्यवसायीले सो भाडादर समायोजन गर्न मानेका थिएनन् ।

उल्टै विहिबार विहानै देखि पहिलेको तुलनामा अत्यधिक भाडा अशुलेका छन् । सोही कारण प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले विहिबार अकस्मात बैठक बोलाए । बैठकमा सडकको मर्मतका लागि शुक्रबार देखि नै डिभिजन सडक कार्यालय कुलपातेलाई डोजर पठाउन समेत निर्देशन दिइयो । 

यस्तै, यातायात व्यवसायीले शुक्रबारदेखि नै सबै सडकहरुमा तोकिएकै भाडादर कायम गर्न कडाईका साथ निर्देशन दिइएको छ । यदि यसो नभए कडा कारबाही  गर्ने समेत निर्णयमा उल्लेख छ ।


यसबाहेक यात्रा गर्दा सबै यात्रुहरुलाई अनिवार्य टिकट पनि उपलब्ध गराउनुपर्ने निर्णयमा भनिएको छ । साँझ ५ बजेपछि कुनै पनि ग्रामीण सडकमा सवारी नचलाउन समेत निर्देशन दिइएको छ ।

बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले वनलेक–उच्चाकोट सडकखण्डमा सवारी चलिरहेको कुरा आएको बताउदै अब त्यहाँ फेरि त्यसरी सवारी चलेको पाइए कारबाही हुने बताए ।

सो सडकलाई अस्थायी रुट परमिट दिइएको छैन । सरकारले देशैभर रुट परमिट  नभएका सडकमा सवारी नचलाउन भनेको छ । यस्तै, प्रमुख जिल्ला अधिकारी आचार्यले मापसेमा कडाईका साथ चेकिङ गर्न ट्राफिक प्रहरी तथा प्रहरीलाई निर्देशन दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता