प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा "/>

2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पहिलो पटक ग्रामिण सडकमा टिकटको व्यवस्था

प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो ।

यसअघि वुधबार बसेको बैठकले तोकिएको भाँडादर विहिबारबाट लागु गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको थियो । तर, राजपुर–वायल–चवरा चौतारा सडकखण्डको स्थिति नाजुक रहेको भन्दै यातायात व्यवसायीले सो भाडादर समायोजन गर्न मानेका थिएनन् ।

उल्टै विहिबार विहानै देखि पहिलेको तुलनामा अत्यधिक भाडा अशुलेका छन् । सोही कारण प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले विहिबार अकस्मात बैठक बोलाए । बैठकमा सडकको मर्मतका लागि शुक्रबार देखि नै डिभिजन सडक कार्यालय कुलपातेलाई डोजर पठाउन समेत निर्देशन दिइयो । 

यस्तै, यातायात व्यवसायीले शुक्रबारदेखि नै सबै सडकहरुमा तोकिएकै भाडादर कायम गर्न कडाईका साथ निर्देशन दिइएको छ । यदि यसो नभए कडा कारबाही  गर्ने समेत निर्णयमा उल्लेख छ ।

यसबाहेक यात्रा गर्दा सबै यात्रुहरुलाई अनिवार्य टिकट पनि उपलब्ध गराउनुपर्ने निर्णयमा भनिएको छ । साँझ ५ बजेपछि कुनै पनि ग्रामीण सडकमा सवारी नचलाउन समेत निर्देशन दिइएको छ ।

बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले वनलेक–उच्चाकोट सडकखण्डमा सवारी चलिरहेको कुरा आएको बताउदै अब त्यहाँ फेरि त्यसरी सवारी चलेको पाइए कारबाही हुने बताए ।

सो सडकलाई अस्थायी रुट परमिट दिइएको छैन । सरकारले देशैभर रुट परमिट  नभएका सडकमा सवारी नचलाउन भनेको छ । यस्तै, प्रमुख जिल्ला अधिकारी आचार्यले मापसेमा कडाईका साथ चेकिङ गर्न ट्राफिक प्रहरी तथा प्रहरीलाई निर्देशन दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई