८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा गाडी दुर्घटना हुदा १ जनाको मृत्यू, २१ जना घाइते

२१ आश्विन २०७३, शुक्रबार ०८:१८

खकेन्द्र अबिरल केसी | असोज २१, सल्यान | सल्यानको शारदा नगरपालीका ६ मदमकाँडा नजिकै गाडी पल्टीदा १ जनाको मृत्यू भएको छ । 

श्रीनगरबाट सोहि वडाको सापमारा तर्फ जादै गरेको लु १ ज २९३४ नम्बरको जीब शुक्रबार बिहान ५ बजे तिर दुर्घटना हुदा गाडी धनी तथा चालक शारदा नगरपालिका १ निबासी ३२ बर्षिय घनश्याम थापाको घटना स्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । जिबमा सवार २ जना रहेको र अर्का सहचालक याम बहादुर भण्डारी भने सकुशल रहेका छन । 

बाटो साँघुरो भएको र जीब ब्याग गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ । अहिले  मृतक थापाको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यस्तै धनवाङ २ मुलपानी नजिक आगरखोला भन्ने स्थानमा बिहान तरकारी बोकेको मिनि ट्रक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रिम ३ खारखोला बाट तरकारि लिएर कपुरकोट तर्फ हिडेको रा १ ख ११५१ नम्बरको मिनि ट्रक पल्टीएर सडक भन्दा २५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । 

चालकको अनिद्राले गर्दा गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको अहिले कपुरकोट स्थीत पोलिक्लिनिक र दाङ तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोटले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू