2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतिद्वारा पतिको चितामा दागबत्ती

असोज २१, महोत्तरी | घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छन्। 

परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका-८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमान्को अन्तिम इच्छा पूरा गर्नका लागि उनको चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छन्। 

दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भइन्। 

करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेको धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी श्रीमान्को मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय भइन्। 

श्रीमान्को दागबत्ती श्रीमतीले दिने चलन त हाम्रो मैथिली संस्कारमा छैन रु भन्ने पत्रकारको जिज्ञासामा गुलेवियाले भनिन्- “त्यो त हो, तर पहिला थिए, अब विस्तारै विस्तारै समाजमा यस्ता जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ ।” 

आफ्नो श्रीमान्को दागबत्ती कसलाई दिन मन लाग्छ र यो त मेरोे बाध्यता रहेको जनाउँदै उनले भनिन्- “मेरा दुईवटा छोरामध्ये जेठो छोरा रामबाबु कामको सिलसिलमा कतारमा छन् भने कान्छो छोरा वीरेन्द्र मलेसियामा कार्यरत रहेका छन् । 

बुबाको निधन भए पनि त्यहाँको कम्पनीले दुबै छोराको घर आउने बिदा स्वीकृत नगरिएको, स-साना नातिहरुको मुण्डन नभएको, नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर आफूले यो कदम उठानुपरेको उहाँको कथन छ।” 

समाजका भद्रभलाद्मीले बृहत् छलफल गरेर गुलेवियाको हातबाट नै उनको चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोको भनाइ छ । 

समाजमा रहेका कुरीति र रुढीवादी परम्परालाई तोड्नका लागि गुलेवियाले अहम् भूमिका निर्वाह गरेको महिला अधिकारकर्मी सुनिता कुमारीको भनाई छ । 

सदियौँदेखि चलिआएको यस्ता कुरीति एवम् कुसंस्कारलाई तोडेर गुलेवियाले राम्रो काम गरेको छ, नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोले बताए। रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द