(सास) असोज २१, बैतडी | जिल्लाको मल्लादेहि गाविसका दलितहरुले उक्त क्षेत्रको दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई ०७"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) असोज २१, बैतडी | जिल्लाको मल्लादेहि गाविसका दलितहरुले उक्त क्षेत्रको दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई ०७"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकलाई संयुक्त निवेदन

२१ आश्विन २०७३, शुक्रबार १३:५३

(सास) असोज २१, बैतडी | जिल्लाको मल्लादेहि गाविसका दलितहरुले उक्त क्षेत्रको दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई ०७३ असोज २१ गते संयुक्त हस्ताक्षर सहितको लिखित निवेदन दिएका छन् ।

वडादशैका अवसरमा उक्त क्षेत्रमा अवस्थीत श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैरदलितहरुले बलि गरेका राँगाहरुको सिनो दलितहरुले खानुपर्छ भन्ने रुढीबादि दबाव दिने गरेकाले स्थानीय दलित र डिलाशैनि सेवा समितीको हस्ताक्षर सहितको निवेदन इन्सेकलाई दिएका हुन ।

विजया दशमिको दिन मेला लाग्ने उक्त मन्दिरमा गैरदलितहरुले राँगा बलि दिने चलन छ । तर केहि वर्ष अगाडी देखि दलिहरुले सिनो खान अस्यूकार गरेको डिलाशैनि सेवा समितीका सदस्य एवम् स्थानीय दलित अगुवा राजेन्द्र लुहारले बताए ।

समिती र हामिले जस्ले राँगा बलि गर्यो उसैले व्यवस्थापन गर्नुपर्छ भन्ने निर्णय गरेकाले अपराधिक मनस्थिति भएका व्यक्तिहरुले आफुहरुमाथि अपराधिक गतिविधि गर्न सक्ने सम्भावना रहेकाले अनुगमनका लागि मानव अधिकारको क्षेत्रमा काम गरिरहेको संस्था इन्सेकलाई निवेदन दिएका छन् ।

दलित अगुवा लुहारले स्थानीय दलित समुदायको नेतृत्व गर्दै बैतडीका इन्सेक प्रतिनिधि नरी बडुलाई निवेदन बुझाएका हुन् । साथै उनिहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि निवेदन दिएका छन् ।

“बलि दिने समयमा जिल्लाका अन्य भगवतिका मन्दिरहरुमा पनि दलितहरुमाथि विभेद हुने भएकाले जिल्लाका अन्य मन्दिरहरुको पनि अनुगमन गरिदिनुहोस” लुहारले इन्सेक प्रतिनिधि नरी बडुलाई भने ।

तश्विरमा: सुरक्षाको माग गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीलाई निवेदन बुझाउदै जिल्लाको मल्लादेहि गाविसका दलित अगुवा राजेन्द्र लुहार | तस्बिरः नरी बडु/इन्सेक प्रतिनिधि बैतडी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू