फुटबल प्रतियोगिताको उपाधि योङ स्टारलाई

Posted on: 08 Oct, 2016

असोज २२, नवलपरासी | यहाँ जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लब कावासोतीले जित्न सफल भएको छ । 

शुक्रबार भएको फाइनल खेलमा न्यु नारायणी युवा क्लबलाई ३–० गोलले हराउँदै योङ स्टारले उपाधि जिती रु ५० हजार प्राप्त गर्यो । उपविजेता न्यु नारायणीले रु २५ हजारमा चित्त बुझायो । यही असोज ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १८ समूह सहभागी थिए । 

धुव्रतारा युवा क्लब गैँडाकोट–१३ सिख्रौलीको आयोजनामा वातावरण मैत्रीपूर्ण धुव्रतारा कप फुटबल प्रतियोगिता सिख्रौली खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!