2026-09-18 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा तीन प्रतिशत शारीरिक अशक्त

असोज २२, ताप्लेजुङ | यहाँको कुल जनसङ्ख्याको तीन प्रतिशत व्यक्ति शारीरिक रुपमा असक्षम (अपाङ्गता) रहेको पाइएको छ । 

महिला तथा बालबालिका कार्यालयका अनुसार जिल्लामा तीन हजार ७३० व्यक्ति शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको कुल जनसङ्ख्या एक लाख २७ हजार ४०० छ । महिला विकास अधिकृत मञ्जु लोहनीले कुल जनसङ्ख्यामध्ये एक लाख २३ हजार ७६१ जनामा कुनै किसिमको अपाङ्गता नदेखिएको जानकारी दिनुभयो । 

यस्तै ९११ पुरुष र ६३५ महिला गरी एक हजार ५४६ जना यो प्रकृतिका अपाङ्गता भएका नागरिक छन् । शारीरिकपछि दृष्टिविहीनता र कमजोर दृष्टि भएका नागरिक धेरै छन् । यो प्रकृतिका ६३७ जना अपाङ्गता भएकामा ३३६ महिला र ३०१ पुरुष छन् । 

यस्तै २१६ महिला र २८९ पुरुष कम सुन्ने क्षमताका नागरिक छन् । बोल्नमा कठिनाइ हुने व्यक्तिको सङ्ख्या ३५१ छ । तीमध्ये १६० महिला र १९१ पुरुष छन् । लोहनीका अनुसार १८५ महिला र २१३ पुरुष बहुअपाङ्गता भएका व्यक्ति छन् । 

लोहनीले दृष्टिविहीन र बहिरोपन समेत भएका १८ महिला र ३३ पुरुष, बौद्धिक अपाङ्गता भएका ७० र मानसिक अपाङ्गता भएका ८९ महिला र ८३ पुरुष रहेको जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई