२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला टी- २० क्रिकेट शृंखला : मारिकोको उत्कृष्ट बलिङसँगै हङकङ च्याम्पियन

२०८०, ३ मंसिर आईतवार ०९:१३

मङ्सिर ३, काठमाडौँ | चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको उपाधि आयोजक हङ्कङले जितेको छ । हङ्कङले आाइतबार खेलिएको फाइनल खेलमा तान्जनियालाई पाँच विकेटले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको तान्जनियाले १८.४ ओभरमै अलआउट हुनुअघि ८४ रनमात्र बनाउन सकेको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको हङ्कङले १९.१ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । हङ्कङको जितमा ओपनर नतासा माइल्सले २७ रनको योगदान गरिन् । उनले ४१ बलमा दुई चौका पनि प्रहार गरिन् । 


तेस्रो नम्बरका क्रिज समाल्न आएकी सान्जिन सहजादले पनि टोलीका लागि १६ रनको योगदान गरेकी थिइन् । उनले २१ बलमा दुई चौका प्रहार गरिन् । कप्तान केरी चानले ६ रन जोडिन् । मारयम बिवीले अविजित १७ रनको योगदान गरिन् । उनले १९ बलमा एक चौका हिर्काइन् । एलिसा हुबर्ड ६ रनमा अविजित रहिन् । हङ्कङले अतिरिक्त रुपमा ६ रन पाएको थियो । तान्जनियाकी बलर आइसा मोहमदले दुई विकेट लिइन् । 

त्यसअघि तान्जनियाका लागि मोनिका पास्कलले ४२ रन बनाएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समल्न आएकी उनले ४९ बलमा ६ चौका पनि हिर्काएकी थिइन् । हुद्दा ओमारीले पनि टोलीको खातामा १३ रन थपेकी थिइन् । पेरिस कामुन्याले १० रन बनाइन् । 

तान्जनियाका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । हङ्कङकी बलर मारिको हिल एक्लैले पाँच विकेट लिएकी थिइन् । उनले १.४ ओभरमा केवल दुई रन खर्चिएकी थिइन् । इकरा साहरले पनि तीन विकेट हात पारिन् । एलिसन सिउले पनि एक विकेट लिएकी थिइन् । तान्जनियाकी एक खेलाडी भने रनआउट भएकी थिइन् ।

उक्त शृंखलामा नेपाल तेस्रो भएको थियो । तेस्रो स्थानका लागि आइतबार नै खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको थियो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७० रनमात्र बनाउन सकेको थियो । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई हङ्कङले नौ विकेटले हराएको थियो । लिग चरणको तेस्रो खेलमा भने नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय