2026-07-25 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थलमा पुनः ‘ड्यूटी फ्री सप’ राखिंदै

मङ्सिर ६, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः ‘ड्यूटी फ्री सप’ (करमुक्त पसल) राखिने भएको छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

कार्यालयका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तला र आगमनतर्फ अध्यागमन नजिकै कार्यालयमा कुल १०१.९ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल सञ्चालन गरिने भएको छ ।

यो स्थानमा खुला प्रतिस्पर्धाको माध्यमबाट ठेक्का बन्दोबस्द गरी बोलपत्र आह्वान गरिएको कार्यालयले जनाएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट करमुक्त पसल सञ्चालन र बण्डेड वेयर हाउसको इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति/फर्म तथा संस्था र कम्पनीले बोलपत्र फारम भर्न सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार करमुक्त पसल सञ्चालनका लागि प्रस्थानतर्फ साविकमा नेशनल ट्रेडिङले भाडामा लिएको र आगमनतर्फको क्षेत्रको न्यूनतम बहाल ५ वर्षका लागि १५ करोड १५ लाख २१ हजार २५७ रुपैयाँ तोकिएको छ ।

दोस्रो वर्षदेखि बहाल रकममा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा भाडा स्वतः वृद्धि हुने समेत सर्त राखिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र मातहतका कार्यालयलाई बुझाउनु पर्ने बाँकी बक्यौता रहेका कम्पनी तथा फर्म र व्यक्तिले बोलपत्रमा भाग नपाउने गरी सर्त तोकिएको छ ।

काठमाडौं विमानस्थलमा डेढ दशक अगाडि करमुक्त पसल राखिएको भएपनि पछिल्लो समय हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक