२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बर्दियामा आगलागी हुँदा एकै घरका तीन बालबालिकासहित चार जनाको मृत्यु

२०८०, ९ मंसिर शनिबार ०६:०८

मङ्सिर ९, बर्दिया | बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताए ।

शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आगलागी हुँदा घरमा सुतिरहेका १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । 

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय