2026-07-25 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोटरसाइकलले ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु

मङ्सिर ११, रूपन्देही । गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–४ सेउवाका १९ वर्षीय विवेक झाँक्री मगरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिएका छन् ।

तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनापछि ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ