2026-07-06 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सञ्चारकर्मिहरु बिच देवचुली टेलिभिजनमा दशैं बिशेष शुभकामना आदानप्रदान

गोपिकृष्ण चापागाई/असोज २३, नवलपरासी । बिजय दशमी २०७३ को अवसरमा नवलपरासीमा बिभिन्न सञ्चारमाध्यममा आवद्ध रहेका सञ्चारकर्मिहरु बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासीको कावासोतीमा रहेको देवचुली टेलिभिजनको आयोजनामा भएको दशैं बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नवलपरासीका दर्जनौं सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष एवं कार्यक्रममा प्रमुख अतिथि नारायण शर्माले संचारमाध्यममा आबद्ध सञ्चारकर्मिहरु साथीहरु बिच शुभकामना आदानप्रदान कार्यक्रमले सुचना आदानप्रदानका लागी सामित्यता अझ बढ्ने भन्दै दशैंको शुभकामना दिएका थिए । साथै कार्यक्रममा सभापति तथा देवचुली टेलिभिजनका प्रबन्ध निर्देशक केवि रानाले नवलपरासी भित्र बिभिन्न सञ्चारमाध्यममा आबद्ध रहेका सञ्चारकर्मिहरु बिच कुनै प्रतिस्पर्धाको भावनाले नभएर मिलेर अगाडि बढ्नु पर्ने भन्दै यस्तो कार्यक्रम आगामिदिनहरुमा पनि गर्ने बताएका थिए । 


कार्यक्रममा अतिथि नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष बिरेन्द्र पराजुली, प्रेस युनियन जिल्ला सभापति श्रीराम सिग्देल, प्रेस युनियन जिल्ला सचिव नविन पौडेल, रेडियो नवलपुर कावासोतीका प्रबन्ध निर्देशक तिर्थराज भुषाल, रेडियो कावासोतीका अध्यक्ष हरिशचन्द्र पोख्रेल लगायतको उपस्थिती थियो । साथै कार्यक्रममा नवलपरासीका बिभिन्न सञ्चारमाध्यममा आवद्ध दर्जनौं सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा