2026-07-24 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नवराज विकसहित ६ जनाको हत्या: प्रेमिकाका बाबु र तत्कालीन वडाध्यक्षसहित २४ लाई जन्मकैद

मङ्सिर २०, रुकुम  | अन्तर्जातीय प्रेमविवाह गर्न खोजेका जाजरकोटका नवराज विकसहित ६ युवाको हत्या प्रकरणमा जिल्ला अदालत रुकुम पश्चिमले २६ जनालाई सजायको फैसला सुनाएको छ। जसमध्ये प्रेमिकाका बुबा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ का तत्कालीन वडाध्यक्षसहित २४ जनालाई जन्मकैद दिइएको छ। 

भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज प्रेमिकासँग बिहे गर्न १८ जना साथीसहित १० जेठ ०७७ अपराह्न चौरजहारी पुगेका थिए। तर, प्रेमिकाको परिवारसहित स्थानीयले लाठी र घरेलु हतियारसहित संगठित आक्रमण गरे। ज्यान जोगाउन भागेका उनीहरूलाई भेरी बगरमा लखेटी–लखेटी कुटपिट गरियो। ज्यान जोगाउन भेरीमा हाम फालेका नवराजसहितका ६ युवा नदीमै बिलाएका थिए। केही पौडिएर पारि पुगेर जोगिए, केहीले लुकेर ज्यान बचाएका थिए।

साढे तीन वर्षअघिको यो बर्बर घटनामा तीन दिनको निरन्तर सुनुवाइपछि न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले मंगलबार एक नाबालकसहित २४ जनालाई जन्मकैद हुने फैसला गरेको हो।

सजाय सुनाइएकामध्ये २३ जना हाल कारागारमै छन्, अर्का एक अभिभावकको जिम्मा लगाइएका नाबालक हुन्। कर्तव्य ज्यानमा जन्मकैद सजाय सुनाइएकामध्ये १७ जनालाई छुवाछुतअन्तर्गत थप दुई वर्ष कैद र जनही ५० हजार जरिवाना पनि सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए। दुई वर्ष कैद र ५० हजार मात्र जरिवाना पाउने अन्य दुई प्रतिवादी पनि छन् । उनका अनुसार आठ प्रतिवादीले भने सफाइ पाएका छन्। 

जन्मकैद सजाय पाउनेमा रुकुम पश्चिमको चौरजहारी– ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोही ठाउँका डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३, तिलक चन्द र इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी छन्।

त्यस्तै, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नवीनकुमार घर्तीमगर (जिएम), विराज पुनमगर, भीमबहादुर पुन, रमित पुनमगर, विष्णु मल्ल र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९) (हाल अभिभावकको संरक्षणमा रहेका)लाई पनि जन्मकैद फैसला भएको सूचना अधिकारी कोइरालाले बताए । परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) २ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)लाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसला भएको छ । 

घटनाका प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर बुढा, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले भने सफाइ पाएका छन् । फैसलाको पूर्णपाठ भने आइसकेको छैन । पूर्णपाठ आउन एक साता लाग्ने सूचना अधिकारी कोइरालाले बताए । 

पश्चिम रुकुमको चौरजहारी– ८ सोती क्षेत्रमा बगिरहेको भेरी नदी जहाँ स्थानीयको आक्रमणमा मारिएका ६ युवाको शव भेटिएको थियो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीगाउँकी मल्ल थरकी युवतीसँग प्रेमसम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज विकसहित उनका साथीहरू जाजरकोटकै गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारीका टीकाराम नेपालीको १० जेठ ०७७ मा भेरी बगरमा हत्या भएको थियो । दलित युवासँग प्रेममा रहेको थाहा पाएपछि सम्बन्ध छुटाउन अभिभावकले कुटपिट गरेपछि युवतीले नै नवराजलाई बोलाएकी थिइन् । त्यसपछि नवराज साथीहरू लिएर युवतीको घरनजिक पुगेका थिए । नवराजले छोरी लग्न थालेको थाहा पाएपछि लाठी र घरेलु हतियारसहित गाउँलेहरू आक्रमणमा उत्रिएका थिए । त्यसै क्रममा लखेटी–लखेटी उनीहरूको हत्या भएको थियो । 

घटनापछि नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ आरोपी पुर्पक्षका लागि कारागारमा थिए भने एकलाई धरौटी र १० जनालाई फरक–फरक समयमा साधारण तारेखमा छाडिएको थियो ।

मुनलालले अदालतको फैसलासँगै छोराको आत्माले शान्ति पाउने विश्वास व्यक्त गरे । ‘यति लामो समय बितिसकेको थियो, हामीले त न्यायको आशा मारिसकेका थियौँ, न्याय पाइएला भन्ने लागेकै थिएन,’ उनले भने, ‘आज श्रीमान्ले जुन फैसला गर्नुभयो, अदालतप्रति आभारी छौँ । न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो, अब चैन मिलेको छ । अब छोरा र उसका साथीहरूको आत्माले शान्ति पाउँछ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक