2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘एनिमल’ हेरेपछि बबीकी आमाले भनिन्– यस्तो फिल्म किन खेलेको?

मङ्सिर २१, काठमाडौँ | यतिबेला बलिउड फिल्म 'एनिमल' मा खलनायक बनेका अभिनेता बबी देओल चर्चामा छन्। 

सन्दीप रेड्डी वांगा निर्देशित फिल्ममा उनको १५ देखि २० मिनेटको भूमिका छ। तर उनले फिल्मका मुख्य अभिनेता रणवीर कपूरलाई समेत पछि पारेको चर्चा छ। 

दर्शकले उनको भूमिकालाई खुब रूचाइरहेका छन्। तर उनकी आमा प्रकाश कौरले फिल्म हेर्ने हिम्मत जुटाउन सकिनन्। यस कुराको खुलासा बबी आफैले गरेका हुन्। 


'मेरी आमा फिल्ममा म मरेको सिन हेर्न सक्नुहुन्न। एनिमल हेरेपछि उहाँले यस्तो फिल्म किन खेलेको, यस्तो फिल्म नखेल्नु म हेर्न सक्दिन भन्नुभयो। त्यतिबेला मैले आमालाई म तपाईकै अगाडि छु भन्दै सम्झाए। उहाँ अहिले खुशी हुनुहुन्छ। उहाँका साथीले फोन गरेर मसँग भेट्न चाहने बताउनु भएको छ। यस्तो 'आश्रम' सिरिज रिलिज हुँदा भएको थियो,' उनले पिंकभिलासँग भने।

उनका बुवा धमेन्द्र र दाइ सनी देओलले पनि यो फिल्म हेरेका छैनन्। उनीहरू बाहेक परिवारका अन्य सदस्यले फिल्म हेरेको बबीले बताएका छन्। 

फिल्ममा बबी र रणवीरसँगै रश्मिका मन्दना, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक