2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘१० किलो सुनको सूचना पछ्याउँदा १४ किलो भेटियो’

मङ्सिर २२, काठमाडौँ |  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए । 

विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार केही दिन अगाडि नै दुबईबाट १० किलो सुन आउँदै छ भन्ने सूचना प्राप्त भएको थियो । सुन कहिले आउँदै छ भन्ने स्पष्ट सूचना नभए पनि सुन ल्याउने व्यक्तिको हुलिया र सुन आउन लागेको बारे सूचना आएको थियो । 


सूचना दिने व्यक्तिले १० किलो सुन आउँदै छ भनेपछि आफूहरूले निगरानी बढाएको र प्रमुख प्रशासक आफै फिल्डमा खटिएको पाण्डेले बताए । प्रमुख प्रशासक पाण्डे बुधवार रातभर र बिहीबार समेत रातभर फिल्डमा खटिएका थिए । बिहीबार विमानबाट ओर्लने बित्तिकै सूचनामा आएको व्यक्तिको हुलिया मिलेपछि उनलाई सोझै एक्सरेमा ल्याएर चेकजाँच गरिएको पाण्डेको भनाइ छ । 

पाण्डेले भने, ‘उनी विमानबाट ओर्लने बित्तिकै हामीले वाक थ्रुबाट एक्सरेमा ल्यायौँ । सर्टभित्र ज्याकेटजस्तो झोला बनाएर सात वटा बिस्कुटमा २ किलोको दरले १४ किलो सुन ल्याएका रहेछन् । हामीले नियन्त्रणमा लिई सुन ल्याउन सहजीकरण गर्ने र नेपालमा रिसिभ गर्ने व्यक्तिलाई पनि समातेका छौँ ।’

विमानबाटै नियन्त्रणमा नलिएको भए अर्कै हुन सक्थ्यो : पाण्डे

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. पाण्डेले पक्राउ परेका व्यक्तिलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए सुन फेला नपर्न पनि सक्ने संकेत गरेका छन् । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै पाण्डेले विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा लिएको कारण ठुलो परिमाणको सुन बरामद गर्न सकिएको बताए । 

बिहीबार राती फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेको साथबाट भन्सारका कर्मचारीले ७ वटा बिस्कुटमा रहेको १४ किलो सुन बरामद गरेका थिए । भन्सार कार्यालयलाई आएको सूचनाका आधारमा दुई दिनको मेहनतपछि सुन बरामद भएको प्रमुख प्रशासक पाण्डेले बताए । 

पाण्डेले भने, ‘हामीलाई आएको सूचनाका आधारमा बुधवार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ । सूचनाबारे हामी एक दुई जनालाई मात्रै जानकारी थियो । बिहीबार पक्राउ परेका व्यक्ति विमानबाट ओर्लने बित्तिकै हामीले वा थ्रुमा नियन्त्रणमा लियौँ । अन्यत्र कतै जान नदिई कसैसँग भेट गर्न नदिएका कारण हामीले उनलाई सुनसहित पक्रन सफल भयौँ ।’

एक्सरेबाट त्यति सजिलै सुन ल्याउन सकिन्छ र भन्ने प्रश्नमा पाण्डेले भने, ‘त्यो सम्भव छैन । यदि उनलाई अरूसँग भेटघाट गर्न नदिई नियन्त्रणमा लिएका कारण सुनसहत पक्राउ गर्न सफल भयौँ । यदि उनले अरूसँग भेट्ने वा केही समय बिताउन पाएको भए अरू केही हुन पनि सक्थ्यो ।’

पाण्डेका अनुसार सुन बोकेर आउन चन्द्र घलेको सूचनाकै आधारमा गोरखाकै मीन बहादुर घलेलाई पनि नियन्त्रणमा लिइएको छ । चन्द्र र मीन दुवैको मोबाइल समेत बरामद गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि को कसको कस्तो संलग्नता छ भनेर बुझिने पाण्डेले बताए । 

सुन तस्करी अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा डिएसपी सूर्य प्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला र डिल्लु प्रसाद शर्मा तथा शाखा अधिकृतहरू मञ्जु थापा र लोकराज ढुङ्गाना रहेको समिति समेत गठन गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक