मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर सुरक्षा-जाँच हुँदै आएकोबारे रास्वपाको ध्यानाकर्षण


मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर सुरक्षा जाँच गरिदै आएको विषयबारे ध्यानाकर्षण गराएका छन् । 

सामाजिक संजाल मार्फत नेता बुर्लाकोटीले मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री सुदन किराती, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीलाई सेवा सुधार गर्न अनुरोध गर्दै आफ्नो सम्वोधन गर्दै लेखेका छन् – 'यात्रुहरुले आफ्नो जुत्ता र कोट एउटै बास्केटमा राखेर विमानस्थलमा सुरक्षा जाँच गराउनु पर्ने बारे केही पहिले नै लेख्नु पर्ने थियो । ढिलै भए पनि आज यहाँहरुको ध्यानाकर्षण गर्दैछु । हाम्रो सभ्यता र संस्कृतिमा प्रयोगमा रहेको जुत्ता राखेको बास्केटमा बोक्ने झोला, पर्स, पेटी, ज्याकेट र कोट संगै वा सफा नगरी घरी जुत्ता घरी अरु समान राख्नु सभ्य मानिदैन । तर हाम्रो बिमानस्थलमा यहि ब्यबस्था छ (आजैको तस्बिर प्रमाण छ)। यो ब्यवस्था तत्काल सुधारको लागि सामाजिक संजाल बाटै अनुरोध गर्दछु ।' 

विमानस्थलमा यो बेथिति भने पहिलेदेखिनै चल्दै आएको बेथिति हो । एकै बाकसमा कसैले जुत्ता राखेर सुरक्षा जाँच गरेको थियो भने त्यहि बाकसमा अर्को यात्रुले कपडा, कोट वा टोपी राख्न पर्ने बाध्यता छ । 

विदेश भ्रमणका क्रममा रहेका बुर्लाकोटीले आफैले विमानस्थलमा देखेको/भोगेको कुरालाई सुधार गर्नुपर्ने बुझेर ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले बिदेशमा रहेका नेपालीहरुलाई पार्टीमा जोड्ने क्रमलाई तिब्रता दिईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक