2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मालिका कालिका यातायात प्रालिको सेवा रोल्पामा पनि सुरु

विनोद डाँगी/ असोज २८, रोल्पा । दाङको तुलसीपुर बाट सञ्चालित  मालिका, कालिका यातायात प्रालिले रूट विस्तार गरेको छ । काठमाडौ,नेपालगन्ज,रूकुम र घोराहीमा सेवा दिइरहेको प्रालिले  आजबाट  रोल्पामा पनि आफ्नो सेवा सुरु गरेको हो  । प्रालिको हिजो बसेको सञ्चालक समितिको रोल्पामा बस चलाउने निर्णय गरेको थियो ।

 रोल्पाको लागि आज बिहान ५ बजे छुटेको बस लिबाङ आइपुगेको छ । यो रुटमा चल्ने गाडि सानो खालको अल्ट्रो गाडि भएको प्रालिले जनाएको छ ।  आफुहरु यात्रुहरुको हितमा सदैव लागिपरेको भन्दै कालिका मालिका यातयात प्रालिका कोषाध्यक्ष रम्बा वलीले रोल्पालि जनताहरुको सेवाको लागि पनि आफुहरु अघि बढेको जानकारि दिनुभयो । अबको १० दिनमा नै उत्त गाडिमा हिटर जडान गर्ने वलिले बताउनुभयो । तत्काल रोल्पामा काउन्टर स्थापना नभएपनि अहिलेको लागि रोल्पा यातयात प्रालिसंग समन्वय गरिएको र टिकटको लागि प्रालिको काउन्टरमा सम्पर्क गर्नुपुर्ने उहाँले बताउनुभयो ।

  यात्रुले गुणस्तरिय सेवा पाउनुपर्ने आफ्नो हक भएको भन्दै आफुहरु यात्रुमय सेवामा सधै लागिपरेको वलिले बताउनुभयो ।  यता रोल्पा यातायात प्रालिले पनि अहिले आफुहरुसंग समन्वय भएको र मालिका कालिकाको आफ्नै काउन्टर नबन्दासम्म आफुहरुले नै समन्वय गर्ने बताएको छ । अहिले रोल्पामा आफ्नो छुट्टै काउन्टर नभएपनि रोल्पाबाट दाङ बिहान ७ बजे छुटाउने तयारि गरेको रोल्पा यातायात प्रालिका अध्यक्ष मिलन पुनले जानकारि दिनुभएको छ । यसका बारेमा थप के गर्ने भन्ने बारेमा अहिले रोल्पा यातायात प्रालिको बैठक बसेको छ । मालिकाले सानो गाडि पठाएको र आफुहरुसंग ठुलो गाडि मात्र हुदा तत्काल के निर्णय लिने भन्नेमा आफुहरु समस्यामा परेको पुनले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई