2026-07-25 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतसँगको खेलमा नेपालको असाध्यै खराब प्रदर्शन, २१ रनमा ६ ब्याट्सम्यान आउट

मङ्सिर २६, काठमाडौँ | यूएईमा जारी यू १९ एसिया कपमा नेपालले आफ्नो समूहचरणको अन्तिम खेलमा भारतविरुद्ध नेपालले असाध्यै खराब प्रदर्शन गरेको छ ।

स्कोरबोर्डमा १७ रन मात्रै चढ्दा नेपालका ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले पहिलो बलबाटै नेपाली ब्याट्सम्यानलाई अप्ठेरोमा पारेका थिए । स्वीङ र बाउन्स मिलिरहेको पीचमा नेपाली ब्याट्सम्यानहरुलाई बलसँग ब्याटको सम्पर्क गराउनै कठिन भइरहेको छ । भारतीय बलिङविरुद्ध कुनै पनि ब्याट्सम्यानले आत्मविश्वास देखाउन सकेका छैन्न् ।

हरेकजसो बलमा बिट भइरहेका दिपकको संघर्ष ११ बलमा समाप्त भयो । उनी एक रन बनाएर लिम्बानीको बलमा क्याच आउट भए । तेस्रो नम्बरमा आएका उत्तम मगरको पनि उही हाल भयो । उनले ७ बल खेल्दा कुनै रन जोड्न सकेनन् । उत्तमलाई आराध्य शुक्लाले आउट गराए ।

नेपालको सबैभन्दा बढी आशा अर्जुन कुमालमा थियो । अघिल्लो म्याचमा अफगानिस्तानविरुद्ध उत्कृष्ट इनिङ खेलेका अर्जुन आज चलेनन् । उनी २२ बलमा ७ रन बनाउँदै आउट भए । अर्जुनको विकेटलाई लागेको चोट खेलाउन नपाउँदै कप्तान देव खनाल र दीपक डुम्रे लगातार बलमा आउट भए । देवलाई आउट गर्न भारतीय विकेटकिपरले उत्कृष्ट क्याच लिए । गुल्शन झा पनि क्रिजमा टिक्न सकेनन् । उनी ८ बलमा ४ रन बनाउँदै पेभेलियन फर्किएका छन् ।

भारतका राज लिम्बानीले ४ र आराध्य शुक्लाले २ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक