रोशन पोखरेल | असोज २९, विराटनगर | बिराटनगरमा जारी रहेको बिकास निर्माण कार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल | असोज २९, विराटनगर | बिराटनगरमा जारी रहेको बिकास निर्माण कार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन । 
2026-07-06 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरको विकास योजना, बालुवामा पानी बराबर

रोशन पोखरेल | असोज २९, विराटनगर | बिराटनगरमा जारी रहेको बिकास निर्माण कार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन । 

स्थानियले निमार्ण कार्य सम्पन्न गरेको १ वर्ष वित्न नपाउदै सडक भत्किनु भनेको कमिशनको लोभमा नगरपालिका सम्वध कर्मचारी र निमार्णको जिम्मा पाएको कालीका कन्ट्र्क्सन रहेको आरोप लगाएका छन । यस अघि असोज ६ गते बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए । जुनवेला नगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले नगरवासिको मागलाई गम्भिर रुपमा लिएको बताएका थिए । विराटनगरको भटट्चोकदेखी पानि टयाङ्कीसम्मको सडक बर्षौं वितिसक्दा पनि मर्मत सम्भारको अभावमा पानी जम्ने खाडलको रुपमा स्थापित भएको छ ।

अव्यवस्थित बिकास निर्माणले बिराटनगर शहर नै कुरुप भएको र सडकमा हिलोरधुलोले गर्दा हिड्न नसकिने अवस्था भएको भन्दै स्थानिय वासिन्दाले नगरपालिका लाई आफनो सुझाव लाई तल्काल सम्वोधन गर्न वारम्वार पहल गर्दा समेत आफनो गुनासो समाधान हुनुको साटो कर्मचारीले आफुहरुलाई झुटो आश्वासन दिनुको सटटा् कुनै काम नगरेको विराटनगर १ का स्थानिय राजेन्द्र श्रेष्ठले साझा सबाललाई वताए । असोज ६ गते बिद्यार्थीहरुले बिराटनगर उपमहानगरपालिकाका सहायक अधिकृत राजेन्द्र प्रधानलाई बिकास निर्माणकार्य चाडै व्यवस्थित रुपमा सम्पन्न गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर हाल सम्मपनि व्यावस्थित रुपमा सडक विकास नहुनुमा नगरपालिका को चरम लापवाही रहेको विराटनगर २ का सन्तोष यादवले बताउनुभयो । उचित रुपमा ढलको निकाश नहुदा वर्षातको समयमा नगरका अधिकाश स्थानका बासिन्दाहरु रातको समयमा छिमेकि शरणमा वस्न बाध्य रहेका छन । 

यतिमात्र नभएर बर्षौंदेखी विराटनगरको मुख्य सडकमार्ग कोशी राजमार्गमा नगरपालिकाले सडक डिभाइडर साथै विग्रिएको सडक मर्मत सम्भार नगर्दा विराटनगरको हरियालि शहरको बातावरणलाई खलल पुगेको स्थानिय बासिन्दाहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा