2026-07-24 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँमा चोरी गर्ने कार्यमा संलग्न ३ भारतीय नागरिकसहित ६ जना पक्राउ

मङ्सिर २७, काठमाडौँ | काठमाडौँमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय नागरिकहरु सञ्जीव बाँनियाँ, कृष्ण पोदार र किसन गिरीलाई पक्राउ गरेको हो । 

यस्तै प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा बिक्रम गर्तौला, रमेश विश्वकर्मा र डिल्लीराम विश्वकर्मालाई पनि पक्राउ गरेको छ । 

गत असार १५ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका बिभिन्न गरगहना गरी करिब एक लाख असी हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । यस्तै कात्तिक पहिलो साता बिजयचोक स्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका बिभिन्न गरगहना तथा नगद गरी जम्मा तेह्र लाख अन्ठाउन्न हजार बराबरको धनमाल चोरी भएको थियो । 

उक्त घटनाको अनुसन्धानको क्रममा  उक्त चोरी कार्यमा संलग्न तीन जनालाई कार्यालयबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत गौशला पठाइएको प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक