२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीको गोलीले मृत्यु भएकाको शव अझै उठेन

२०८०, २९ मंसिर शुक्रबार ०९:३९

मङ्सिर २९, बारा | सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएपछि मृतकका आफन्तसहित नगरवासीहरुहरुले  शुक्रबार पनि  प्रदर्शन गरेका छन् ।


सिम्रौनगढ नगरपालिका-१ ननसगरा ढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको बुधबार मृत्यु भएको थियो । उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएपनि उनको शव आफन्तले बुझेका छैनन् । पोस्टमार्टम पनि भएको छैन । घटनाको छानबिनसहित गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

गोली लागेर ढलेपछि प्रहरीले उनलाई प्रहरीले तत्कालै त्रिपालले छोपेको थियो । पछि एम्बुलेन्समा हालेर सशस्त्र प्रहरीको सुरक्षामा वीरगन्ज लगेको थियो ।

गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको नारायणी अस्पताल वीरगन्जका मेसु चित्ररञ्जन साहले बताए । ‘टाउको पछाडिको भागबाट गोली लागेर टाउकोमा चिरा परेर भित्री भाग बाहिर आएको छ, मृत्यु भने गोली लाग्ने बित्तिकै भएको हो,’ मेसु साहले भने, ‘गोली रबरको हो कि बुलेट हो भन्ने कुरा पोस्टमार्टमबाट खुल्छ ।’

झडपको क्रममा प्रहरी तर्फ १२ जना घाइते थिए । ढुंगामुढाबाट उनीहरुलाई चोट लागेको हो । स्थिती नियन्त्रण बाहिर गएपछि तनाव नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रु ग्यास, २२ राउन्ड हवाइ फायर र केही राउन्ड रबरको गोली चलाएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका बिनको मृत्यु भएको सुरक्षा अधिकारीले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय