2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिषामा मानव तस्करी : फेरि पक्राउ परे ट्राभल एजेन्सीका सञ्चालक र कर्मचारी

मङ्सिर २९, काठमाडौं | भिजिट भिषामा हुने गरेको मानव तस्करीको अनुसन्धानको क्रममा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा नीमा छिङि ट्राभल्सका सञ्चालक ३७ वर्षीय मनोज तामाङ लामा र कर्मचारी ३३ वर्षीय पदम लामा छन्।


मनोजको घर काभ्रेको पाँचखाल हो भने पदमको घर रामेछापको दोरम्भा हो। नक्कली डकुमेन्ट बनाएर नेपाली युवा युवतीलाई खाडीका विभिन्न मुलुकमा पठाउने काममा उनीहरुकोसमेत संलग्नता खुलेपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए।

नक्कली कागजात बनाउने र विमानस्थलको अध्यागमनका कर्मचारीदेखि प्रहरी र वायु सेवा निगमका कर्मचारीसम्मको मिलमेतामा भिजिट भिषामा मानव तस्करी हुने गरेको आरोपमा यसअघि प्रहरीले ३२ जनालाई पक्राउ गरिसकेको छ।

अहिले दुई जना पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ३४ पुगेको छ। अहिले पक्राउ परेका दुई जनाले मात्रै यसअघि पक्राउ परेका अध्यागमनका अधिकृत नरबीर खड्कामार्फत् सेटिङमा ३ सय जनालाई विदेश पुर्‍याएको देखिएको एसपी केसीले बताए।

पक्राउ परेका मनोज र पदम नाताले भिनाजु सालोसमेत रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक