2026-07-25 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय गायक अनुप घोषालको निधन

पुस २, काठमाडौँ | कोलकाता । बंगाली गायक अनुप घोषालको ७७ वर्षको उमेरमा डिसेम्बर १५ शुक्रबार निधन भएको छ । उनको मृत्युको कारण मल्टिपल अर्गन फेल भएको बताइएको छ । अनुपले तुझसे नाराज नही जिन्दगी जस्ता हिट गीतमा आफ्नो स्वर दिएका थिए ।

पीटीआई रिपोर्टका अनुसार अनुप घोषाललाई उमेर सम्बन्धी रोगका कारण पछिल्लो केही दिनदेखि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। उनले शुक्रबार दिउँसो १ः४० बजे अन्तिम श्वास लिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अनुप घोषालको निधनमा शोक व्यक्त गरेकी छन् । उनले भनिन्, ‘बंगाली, हिन्दी र अन्य भाषामा गीत गाउने अनुप घोषालको निधनमा गहिरो दुःख र समवेदना व्यक्त गर्दछु ।’

अनुप घोषालको जन्म सन् १९४४ वा १९४५ मा कोलकातामा अमुल्य चन्द्र घोषाल र लबन्या घोषालको घरमा भएको थियो। उनको आमाले उनलाई ४ वर्षको उमेरदेखि नै गीत गाउन प्रोत्साहन दिएकी थिइन् । 

सानै उमेरमा उनी अल इन्डिया रेडियोको शिशु महल कार्यक्रममा सामेल भए। पढाइसँगै सङ्गीतको शिक्षा पनि जारी राखे । त्यसपछि कलेज पढ्दै गर्दा उनले अन्तर-कलेज प्रतियोगितामा भाग लिन थाले। यसरी मानिसहरू उनको सङ्गीत कलासँग जोडिन थाले।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक