2026-07-25 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लेवान्डोस्कीको कीर्तिमानमाथि केनको आँखा

पुस ५, काठमाडौं | इंग्ल्याण्डका कप्तान ह्यारी केन बुन्डेस लिगाको पहिलो सिजनमा नै रोबर्ट लेवान्डोस्कीले बनाएको गोलको कीर्तिमान भङ्ग गर्ने दिशामा अघि बढेका छन् । 

बिहीबार वुल्फ्सबर्गलाई २–१ गोलले हराउने क्रममा गोल गर्दै केनले यो सिजन लिगमा आफ्नो गोल सङ्ख्या २१ पुर्‍याएका हुन् ।

केनले थोमस मुलरको पासमा ४३ औँ मिनेटमा गोल गरेका थिए । लिगमा उनको यो मात्र १५ औँ खेल थियो । यो सिजन प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सबाट बायर्न पुगेका केनले सबै प्रतियोगितामा क्लबका लागि २२ खेलमा २५ गोल गर्नुका साथै ८ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् ।

लिगका सुरुवाती १५ खेलमा २१ गोल गर्ने उनी पहिलो खेलाडी पनि हुन् । सन् २०२०–२१ मा लेवान्डोस्कीले एकै सिजनमा लिगमा सर्वाधिक ४१ गोलको कीर्तिमान बनाउँदा १५ खेलमा २० गोल गरेका थिए ।

सन् २०२३ मा टोटनह्याम र बायर्न गरी उनले ३८ लिग गोल गरेका छन् । युरोपका शीर्ष ५ लिगमा उनी किलियान एम्बाप्पेभन्दा ४ गोलले अघि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक