2026-07-24 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली भिजिट भिसा प्रकरणमा समातिए कांग्रेस नेता

पुस ९, काठमाडौँ | नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने एकजना ट्राभल्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक ४५ वर्षीय विनोद कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्की मोरङको पथरीशनिश्चरे नगरपालिका–७ निवासी हुन्। उनी नेपाली कांग्रेसका नेतासमेत हुन्। 

२०७९ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की मोरङ क्षेत्र नम्बर २ को प्रदेश २ बाट प्रदेश सांसदमा उठेका थिए। तर त्यसबेला नेकपा एमालेका लिलाबल्लभ अधिकारीसँग पराजित भए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कार्कीले नक्कली कागजातका आधारमा सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सहयोग गर्दै आएका थिए। 

कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी परिसर टेकु पठाइएको छ।

भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरूको शंकास्पद कागजातसहित गत असोज १७ देखि हालसम्म १ हजार ५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ।

जसमा २४६ कागजातमा प्लस्टुको नक्कली प्रमाणपत्र पनि छ। यस्तै श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट पनि नक्कली पाइएको छ।

तीन कागजपत्र बनाउने व्यक्तिहरूको पहिचानका क्रममा एजेन्ट, कन्सलटेन्सी र ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजारसम्म तथा अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको अनुसन्धानले देखाएको छ।

यस प्रकरणमा प्रहरीले अध्यागनका कर्मचारीसहित सेटिङमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक