2026-07-06 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै

असोज ३०, कञ्चनपुर । कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । आधारभूत तहमा भर्ना भएका विद्यार्थीहरु माध्यमिक तहसम्म नपुग्ने समस्या बढी देखिएको हो । 

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको सर्भेक्षणअनुसार विद्यालय बीचमै छाड्नेमा अधिकांश आर्थिक अवस्था कमजोर रहेका मुक्त कमैया, मुक्त हलिया, दलित, वादी, भूमिहीन, सुकुम्बासी र अपाङ्गता भएका बालबालिका बढी रहेका छन् ।

“आधारभूत तहमा भर्ना भएका आर्थिक अवस्था कमजोर रहेका पाँचदेखि १० प्रतिशत बालबालिकाले मात्रै माध्यमिक तहसम्म पुग्ने गरेको पाइएको छ । 

आधारभूत तहको कक्षा ५ सम्म जेनतेन पढे पनि त्यसपछि अभिभावकसँगै मजदुरी गर्न भारततर्फ जाने भएकाले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो । 

यसलाई न्यूनीकरण गर्न छात्रवृत्तिका कार्यक्रम सञ्चालन भइरहेको र दिवा खाजा कार्यक्रम माग गरिएको सहायक जिल्ला शिक्षा अधिकारी भट्टले बताउनुभयो । 

सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम 

बालबालिकाको पढ्ने बानीको विकास गराउने उद्देश्यले कञ्चनपुरका २६१ सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । 

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को रु दुई करोड ३४ लाख ५५ हजार ७५६ सहयोगमा दुई वर्षे कार्यक्रम सञ्चालन गरिएको हो । 

बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि घरमा पढ्ने वातावरण सिर्जना गर्ने र अभिभावकलाई यसका लागि उत्तरदायी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बेसका कार्यक्रम संयोजक तिलक चौधरीले बताउनुभयो । 

स्रोत केन्द्र, विद्यालय र गाउँघरस्तरमा पढ्ने वातावरणका लागि टोल कक्षा सञ्चालन गरिएका छन् । 

आधारभूत तहको कक्षा १ देखि ३ सम्मका बालबालिकाले किताबमा लेखिएका अक्षरहरु उच्चारणसमेत गर्न नसक्ने अवस्थाका रहेकाले उनीहरुलाई किताब पढ्न सक्ने र हिसाब गर्न सक्ने बनाउनका लागि टोल टोलमा कक्षा सञ्चालन गरी सघाउ पु¥याउने कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो