2026-07-25 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ईपीएस आन्दोलनकारीको घेराबाट कसरी उम्किए मन्त्री प्रकाश ज्वाला ?

पुस १३, काठमाडौँ | ईपीएस आन्दोलनकारीको घेराउमा परेर जोगिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनको बारेमा मेसो नपाउँदा गाडी जल्नेसम्मको अप्रिय घटना भएको बताएका छन् ।

बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला आन्दोलनकारीले पुलमै गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए । गाडीसँगै मन्त्रालयका महत्वपूर्ण कागजात समेत जलेको मन्त्री ज्वालाले बताएका छन् ।

मन्त्रीका पीएसओले गोली चलाएर गाडी तथा मन्त्री जोगाउन सक्थे । तर, मन्त्रीले नै गोली चलाउन दिएनन् । यसो गर्दा गाडीमा रहेको ल्यापटपलगायका महत्वपूर्ण सामग्री समेत जलेका छन् ।

मन्त्रीले घटनाबारे यसो भने, ‘हामी बालकुमारीबाट सातदोबाटोतर्फ जान लागेका थियौं । ईपीएसवालाको लफडा चलिरहेको रहेछ । तर, हामीलाई थाहा थिएन । हाम्रो गाडीलाई बीचमा पारेर घेरा हालिसकेका थिए । उनीहरूले पहिले गाडीको हावा खुस्काए त्यस क्रममा धकेलाधकेल गर्न थाले । हामी त कसोकसो त्यसबाट उम्कियौं । तर, गाडीभित्रको ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । जसोतसो हामी उम्कियौं । तर, सबै चिज जल्यो, गाडी त देखिहाल्नुभयो होला ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक