2026-09-19 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका बीस प्रहरी बिभागीय कारबाहीमा

असोज ३०, रोल्पा । रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् । यसैगरी तीनजनाको तलब वृद्धि रोक्का भएको छ भने एकजनालाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

कारबाहीमा पर्नुको कारण अनुशासनहीन काम गरेको, मापसे सेवन र आफ्नो ड्युटी नगरेको बताइएको छ । त्यसो त जिल्लाका दुईजना प्रहरी कर्मचारीले क्षेत्रीयस्तरको पुरस्कारसमेत प्राप्त गरेका छन् । 

प्रहरी कर्मचारीलाई सेवाप्रति जवाफदेही बनाउन तथा असल काम गर्नेलाई प्रोत्साहन गर्न एवम् खराव काम गर्नेलाई दण्डित गर्न पुरस्कार र दण्डको व्यवस्था गरिएको र यसलाई आगामी वर्ष थप कडाइका साथ पालना गर्ने जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ । 

यता रोल्पा जिल्लालाई सरकारले सुरक्षा संवेदनशील जिल्ला भनेर राखेको भए पनि हाल जिल्लामा दरबन्दीअनुसार प्रहरी कर्मचारीको व्यवस्था हुन सकेको छैन । जिल्लामा ६०६ जना प्रहरी कर्मचारीको दरबन्दी रहेकामा हाल ३८२ जनामात्र कार्यरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई